कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपालगञ्‍जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

एकै दिन बाँकेमा थपिए १५ जना

काठमाडौँ — आइतबारमात्रै ९ जना संक्रमित देखिएको नेपालगञ्‍जमा थप ६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।

नेपालगञ्‍जमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

नेपालगञ्‍जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्‍ज उपमहानगरपालिका ८ का ६ जनामा संक्रमण देखिएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. विनोद कुमार गिरीले पनि थप संक्रमित देखिएको पुष्टि गरे । शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् । आइतबार थप ६० जनाको स्वाब संकलन गरिएको पनि डा. गिरीले बताए ।

प्रकाशित : वैशाख २१, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?