कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सेभ द चिल्ड्रेनद्वारा सरकारलाई १७ सय ४३ सेट पीपीई हस्तान्तरण

थप २ हजार थान दिइने

काठमाडौँ — सेभ द चिल्ड्रेनले सरकारलाई १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सेभ द चिल्ड्रेनद्वारा सरकारलाई १७ सय ४३ सेट पीपीई हस्तान्तरण

आइतबार मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले यी सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमणबाट रोक्न सहयोग गर्ने बताए ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका रहेको सेभ द चिल्ड्रेनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सरकारलाई मद्दत गर्ने र बालबाकालिसहित जोखिममा रहेकाहरुलाई स्वास्थ्य सेवा सुनिश्चित गराउने प्राथमिकता रहेको सेभ द चिल्ड्रेन नेपालका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले बताइन् ।

थप २ हजार सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को खरिद प्रक्रियामा रहेको र प्रक्रिया सकिएलगत्तै सरकारलाई हस्तान्तरण गरिने जारी विज्ञप्तीमा जनाइएको छ ।

पीपीई बाहेक इन्फ्रारेड थर्मोमिटर, एन–९५ मास्क, कार्डिआक मोनिटर, इलेक्ट्रिक सक्सन मेसिन, ईसीजी मेसिन लगायतका सामग्री उपलब्ध गराइएको जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : वैशाख २१, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?