राष्ट्रपतिद्वारा वैशाख २६ गतेका लागि संसद् अधिवेशन आह्वान

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‍को बजेट अधिवेशन(बर्खे अधिवेशन) यही वैशाख २६ गतेका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि संसद् अधिवेशनको आह्वान गरेकी हुन् ।

राष्ट्रपतिद्वारा वैशाख २६ गतेका लागि संसद् अधिवेशन आह्वान

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वानसम्बन्धी पत्र आइतबार नै संसद् सचिवालयमा पठाएकी छन् ।

संघीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सरकारले बजेट अधिवेशनको तयारी थालेको हो । त्यसपहिले नै प्रि-बजेट छलफल गर्ने परम्परा छ । त्यसका लागि पछिल्ला वर्षहरूमा वैशाख १५ लगत्तै बजेट अधिवेशन बोलाइने गरिन्थ्यो ।

तर कोरोना भाइरसको महामारीका कारण यस पटक विगतका वर्षहरुमा जति प्रिबजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल नहुने भएको छ ।

यस पटक प्रिबजेट र सरकारको नीति तथा कार्यक्रमबारेको छलफल अवधि घटाएर बजेट ल्याउने तयारी सरकारले थालेको छ ।

प्रकाशित : वैशाख २१, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?