समाचार

महोत्तरीमा मदिरा वा मलेरियाका कारण मृत्यु भएको प्रारम्भिक अनुमान छ : मन्त्री पोखरेल

महोत्तरीको बर्दिबास र भंगाहा नगरपालिकाका दुई बस्तीमा ९ दिनमा १० जनाको मृत्यु हुनुको कारण मदिरा सेवन वा मलेरिया हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

सचिवालय बैठक अगाडि ओली र दाहाल–नेपालका बाक्ला भेटघाट

शनिबार बस्ने सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग नियमित संवाद गरेका छन् । भेटका विवरणहरु सार्वजनिक नभए पनि नेकपामा विकसित राजनीति घटनाक्रमसँगै प्रधानमन्त्री ओलीले थालेका संवाद अर्थपूर्ण छन् ।

आँखामा चोट लागेका बिरामीलाई आइसोलेसनमा राख्दा दृष्टि गुम्यो

आँखामा चोट लागेका बिरामीलाई कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा राख्दा उपचार अभावमा दृष्टि गुमेको छ । उदयपुरको बेल्का नगरपालिका-५ की समीक्षा मगरको दृष्टि गुमेको हो ।

'भुल्केका संक्रमितमा कोरोनाको लक्षण देखिएन'

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका १३ जना संक्रमितको थ्रोट स्वाब शुक्रबार संकलन गरिएको छ । विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा उनीहरु १५ दिनदेखि बस्दै आएका थिए । यो स्वाब परीक्षणमा संक्रमण नदेखिए २४ घण्टापछि पुनः स्वाब परीक्षण गरिनेछ । दोस्रो पटकको स्वाब परीक्षणमा पनि संक्रमण नदेखिए उनीहरुलाई डिस्चार्ज गरिनेछ । 

टिप्पणी : प्रेसप्रति किन क्रुद्ध हुन्छन् प्रधानमन्त्री ?

शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीबाट श्रमिक दिवसको अवसरमा शुभकामना आयो, जसको अन्त्यतिर सञ्चार माध्यमप्रति उनको तीव्र रोष झल्किएको देखिन्छ । 

महोत्तरीका २ बस्तीमा ४ दिनभित्रै ८ जनाको मृत्यु, रिपोर्ट कुर्दै प्रहरी

महोत्तरीका २ बस्तीमा ४ दिनमै ८ जनाको मृत्यु भएको छ । भंगाहा-७ स्थित मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका-१२ का स्थानीयको मृत्यु भएको हो । उनीहरुमा अचानक पेट दुख्ने, झाडापखाला लाग्ने र बान्ता हुने लक्षण देखापरेको स्थानीयले बताएका छन् । कतिपय राति सुतेको अवस्थामा बिहान मृत भेटिएका थिए ।

यस्तो छ एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) बारे अध्ययन गर्न गठित नेकपाको कार्यदलले एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष निकालेको छ । 

टिप्पणी : नेकपामा बामदेव ‘कार्ड’ निकास कि थप ‘तनाव’ ? 

दुई विवादास्पद अध्यादेशबाट सुरु भएको नेकपाभित्रको शक्ति संघर्ष बुधबार साँझसम्म आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ प्रस्तावसँगै नयाँ अध्यायमा प्रवेश गरेको छ ।

बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाको शव पोस्टमार्टम गर्न दाङ पुर्‍याइयो

बाख्रा चराएर घर फर्किरहेका बेला बेवारिसे बम विस्फोट भई बिहीबार बेलुकी ज्यान गुमाएका त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका ४ बालबालिकाको शव उठाइएको छ । 

के जनजाति प्रतिष्ठान खारेज हुँदै छ ?

सरकार मातहत कुनै एक निकायमा पदाधिकारी रिक्त हुनु त्यत्ति अनौठो होइन । तर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी रिक्त भएसँगै सरकारले प्रतिष्ठान खारेज गर्ने हो कि भन्ने आशंका उब्जिएको छ ।

एमसीसी कार्यदल प्रतिवेदनमा प्रदीप ज्ञवालीको १५ बुँदे फरक मत

पार्टी भित्र विवाद बढेपछि सत्तारुढ नेकपाले गठन गरेको एमसीसी कार्यदल प्रतिवेदनमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले १५ बुँदे फरक मत राखेका छन् । 

अनलाइन कक्षा : विद्यार्थीलाई इन्टरनेटकै पिरलो

सरस्वती क्याम्पस काठमाडौंले सञ्चालन गरेको अनलाइन कक्षामा गोरखा लाप्राककी विश्व गुरुङ ४ सातादेखि पढिरहेकी छिन् । स्नातकोत्तर तहमा जुमको माध्ममबाट कक्षा सञ्चालन गरिएको छ । इन्टरनेटका कारण भिडियो कक्षामा उपस्थित हुन नसके पनि गुरुङ अडियो सुन्नमात्रै पनि सहभागी हुन्छिन् । 

नेकपा एमसीसी कार्यदल प्रतिवेदन : यस्ता छन् १६ बुँदे सुझाव र निष्कर्ष

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) बारे अध्ययन गर्न गठित नेकपाको कार्यदलले एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभई अमेरिकाको विश्वव्यापी रणनीति र कार्यक्रमअन्तर्गत रहेको निष्कर्ष निकालेको छ । 

क्‍वारेन्टाइनको चिसो भुइँमा गर्भवती र सुत्केरी

सरकारले लकडाउन गरेको चार सातापछि स्वर्गद्वारी नगरपालिका–२ खालका सयौं मजदुर घर फर्किए । भक्तपुरको इँटा उद्योगमा काम गरेर फर्किएका उनीहरुलाई स्थानीय विद्यालयमा राखिएको छ ।

एमसीसी अध्ययन कार्यदलको प्रतिवेदन : यस्ता छन् सच्याउनुपर्ने ११ प्रावधान

अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कपोरेशन सम्झौता (एमसीसी)बारे पार्टीभित्रै विवाद भएपछि सत्तारुढ नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलले यससँग जोडिएका ११ प्रावधानहरुको समीक्षा गर्न सुझाव दिएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा कैयौं विषय स्पष्ट गर्नुपर्ने गरी सच्याउनुपर्ने उल्लेख छ ।

रुपन्देही र बाँकेका एक/एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । 

चिनियाँ राजदूत भेटघाटमा सक्रिय

गत सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चीनफिङबीच टेलिफोन वार्ता भएपछि चिनियाँ राजदूत हाउ याङछीले काठमाडौंमा सत्तारुढ प्रमुख नेताहरुसँग भेटघाट तीव्र बनाएकी छन् ।

स्वास्थ्यमन्त्री भन्छन्- 'सरकारले समयमै सचेतता अपनाएकाले कोरोना संक्रमण फैलिएन' 

कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिन नदिन सरकारले समयमा नै सचेतता अपनाएकाले महामारीको रुप नलिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दाबी गरेका छन् । 

सरकारलाई संसदीय समितिको निर्देशन- प्रत्येक परिवारका कम्तीमा एक जनाको कोरोना परीक्षण गर्नू

संसदीय समितिले प्रत्येक परिवारका कम्तीमा एकजना सदस्यको कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कोभिड- १९ परीक्षणको दायरा बढाएर प्रत्येक परिवारसम्म पुग्न निर्देशन दिएको हो । 

कांग्रेसद्वारा रोल्पा बम विस्फोटको अनुसन्धान र कारबाही माग 

संसद्को प्रमुख प्रतिपक्ष कांग्रेसले बिहीबार रोल्पामा भएको बम विस्फोटको घटनाको गम्भीर अनुसन्धानको माग गरेको छ । चार जना बालबालिकाको ज्यान जाने गरी रोल्पाको त्रिवेणी गाउँपालिकामा भएको घटनाका दोषीलाई कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ । 

लकडाउनमा निकालिँदै कामदार

कोरोना महामारी र लकडाउनका कारण बन्द हुन पुगेका उद्योग–प्रतिष्ठानले कामदार कटौती गर्न थालेका छन् । अधिकांशले चैत महिनाको तलबसमेत भुक्तानी गरेका छैनन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अनुसार उद्योग, प्रतिष्ठान, होटल–रेस्टुराँ, यातायातलगायत क्षेत्रमा रोजगारी कटौती गरी कामदार निष्कासन गर्ने क्रम तीव्र छ ।

श्रमिकलाई अविलम्ब राहतको व्यवस्था गर : देउवा

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लकडाउनका कारण कष्टकर जीवन बिताउन बाध्य श्रमिकहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

श्रमिकलाई राहत प्याकेज ल्याऔं : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कोरोनाका कारण प्रभावित श्रमजीवी वर्गलाई विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले दैनिक ज्यालादारीबाट जीविकोपार्जन गर्नुपर्नेहरूलाई खाद्यान्नलगायत आवश्यक व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी

रेडियो नेपालकी प्रथम गायिका तथा प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ । सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार राति १०: ५५ मा निधन भएको उनको वृत्तचित्र ‘५६ वर्षपछि...’ बनाएका गायक तथा संगीतकार सुमित खड्काले पुष्टि गरे । उनको बिहीबार राति नै अन्त्येष्टि गरिएको छ । 

कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक बन्‍ने होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको अप्ठ्यारो घडीमा सबै जना ट्रेड युनियनझै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ट्रेड युनियनले आपसी एकता र भर्‍याङको खुट्किलो बनाउन सिकाएको उल्लेख गर्दै त्यसैलाई अनुशरण गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

नेकपा अन्तरसंघर्ष : पद्धति नबस्‍नुको परिणाम [टिप्पणी]

नेकपा यति बेला ‘बेमौसमी विवाद’ मा फसेको छ । सबै मिलेर कोभिड–१९ विरुद्ध लड्नुपर्ने बेला सरकारको नेतृत्व गरेको नेकपा ‘पदीय’ विवादमा केन्द्रित देखिन्छ । पाँच वर्ष ढुक्क सरकार चलाउने जनादेश पाएको नेकपाको अहिलेको विवाद कुनै सैद्धान्तिक वा वैचारिक होइन । यो विवाद को प्रधानमन्त्री बन्ने वा रहने विषयबारे छ ।

किन बटुलिन्छन् गोही अन्डा ?

चितवन राष्ट्रिय निकुञ्जले नारायणी र राप्ती नदीमा गोहीले पारेका दुई सय ५० वटा अन्डा संकलन गरेको छ । घडियाल गोहीले नदी किनारमा बालुवाभित्र गुँड बनाएर अन्डा पार्छ । नदी किनारको बालुवामा घडियाल गोहीले पारेका ति अन्डा संकलन गरिएको हो ।

देउवा किन मौन ?

सत्तारूढ नेकपाको सचिवालय र प्रमुख प्रतिपक्ष कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार करिब एकै समयमा चले । बैठकमा एजेन्डा पनि समान थियो । नेकपाको सचिवालय बैठकको एजेन्डा नै प्रधानमन्त्री केपी शर्मा ओली बनेका थिए । कांग्रेस बैठकमा पनि प्रधानमन्त्री ओलीकै भूमिका र उनले निम्त्याएका पछिल्ला घटनाक्रममाथि छलफल भयो ।