कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भारतको पिथौरागढमा रहेका करिब ९ सय नेपालीलाई बैतडी ल्याइँदै

तृप्ति शाही

बैतडी — भारतको पिथौरागढ जिल्लाको विभिन्न स्थानमा रहेका करिब ९ सय नेपालीलाई बिहीबार नेपाल ल्याउन थालिएकाे छ । बैतडीको नेपाल—भारत सीमा नाका झुलाघाटबाट उनीहरुलाई नेपाल ल्याइँदै छ।

भारतको पिथौरागढमा रहेका करिब ९ सय नेपालीलाई बैतडी ल्याइँदै

भारतीय बजार झुलाघाट र पिथौरागढ जिल्लाका विभीन्न क्वारेन्टाइमा बसेका ६ सय जना र अन्य भारतीय बजारमा रहेका करिब २ सय जना गरि ९ सय जतिलाई ल्याउन लागिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । उनका अनुसार बिहान साढे ७ बजेबाट उनीहरुलाई ल्याउन लागिएको छ ।

धेरै जना भएको र दूरी कायम गरि ल्याउनु पर्ने भएकोले साँझसम्म लाग्ने उनले बताए । जिल्ला प्रशासन कार्यालय बैतडी र पिथौरागढ जिल्ला प्रमुखको समन्यवमा उनीहरुलाई ल्याउन लागिएको हो । जिल्लाले व्यवस्थापन गर्ने जनाएपछि गृह मन्त्रालयले जिल्लालाई ल्याउन भनेर मौखिक रुपमा भनेको थियो । त्यसै अनुरुप उनीहरुलाई ल्याउन लागिएको हो । ल्याएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिने छ ।

सबैभन्दा बढी पुरचौर्डी नगरपालिकाका नागरिकहरु रहेका छन् । ३ सय बढी यो पालिकाका रहेका छन् । उनीहरुमध्ये कोही बझाङ, कैलाली लगायतका जिल्लाका पनि छन् ।

प्रकाशित : वैशाख १८, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?