कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमित हुँदैमा नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना पोजिटिभ देखिएपछि समाजले विभेदपूर्ण व्यवहार गर्छ कि भन्ने डरले पनि परीक्षणमा नआएको बताएका छन् ।  

कोरोना संक्रमित हुँदैमा नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा उनले परीक्षण नगराएमा आफू, परिवार र सिंगो समाजमा जोखिम बढ्न सक्ने भन्दै संक्रमित हुँदैमा नआत्तिन र संक्रमण देखिएमा आफूले गल्ती गरेको महसुस नगर्न आग्रह गरेका छन् । मन्त्रालयले आयुर्वेद र वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा आयुर्वेद चिकित्साबाट कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ साथै योगाभ्यास तथा व्यायाम आदिका फाइदाका बारेमा उल्लेख छ ।

कोरोना संक्रमितको संख्या ५७ पुग्यो, आज ३ थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा थप ३ जनाको पोजिटिभ देखिएको हो । पर्सा जिल्लाका ४६ वर्षीय पुरुष र बारा जिल्लाका ३१ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु सिमरामा क्‍वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई नारायण अस्पालमा उपचाररत छन् ।

कोरोना संक्रमित मध्ये १६ जना निको भइसकेका छन् ।

बुधबारम्म नेपालमा आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ नमुना परीक्षण भएका छन् भने पिसिआर विधिबाट ११ हजार ५ सय २४ परीक्षणहरु भएका छन् ।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८७ जना रहेका छन् । काठमाडौंमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८३ जना रहेका छन् । क्‍वारेन्टाइनमा २२ हजार ९०१ जना रहेका छन् ।

प्रकाशित : वैशाख १७, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?