कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ब्लड क्यान्सरले मृत्यु भएकी युवतीको पीसीआर परीक्षणमा कोरोना देखिएन 

भुषण यादव

वीरगन्ज — आरडीटी परीक्षणमा तीन पटक एन्टीबडी पोजिटिभ देखिएकी युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । २३ वर्षीया युवतीको आइतबार बिहान वीरगन्जमा मृत्यु भएको थियो । पटकपटकको आरडीटीमा पोजिटिभ देखिएपछि उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको थियो । 

ब्लड क्यान्सरले मृत्यु भएकी युवतीको पीसीआर परीक्षणमा कोरोना देखिएन 

तराई रिसर्च अस्पताल र नारायणी अस्पतालमा उनको आरडीटी परीक्षण गरिएको थियो । नारायणी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो ।

प्रकाशित : वैशाख १४, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?