कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

स्विजरल्याण्डको हिमालमा नेपाली झण्डा चम्किँदै

ददि सापकोटा

पेरिस — कोरोना भाइरसविरुद्धको लडाइँ जित्‍न एकताको सन्देश दिन स्विजरल्याण्डको हिमालमा चम्काइएका तेजिला बत्तीहरुमा अहिले नेपालको झण्डा पनि राख्‍ने गरिएको छ ।

स्विजरल्याण्डको हिमालमा नेपाली झण्डा चम्किँदै

स्विजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थित मात्तरहर्नमा नेपालको झण्डा पनि चम्काउन थालिएको हो । कोरोना भाइरसविरुद्धको लडाइँमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियोस् भन्ने सन्देश विश्वलाई दिन हिमालमा यस्ता चम्किला बत्तीहरु चम्काउने गरिएको हो ।

नेपाली झण्डा राख्दै त्यहाँ नेपालका बारेमा पनि सानो जानकारी राखिएको छ । त्यहाँ उनीहरुले लेखेका छन्, 'नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेर्मात जोडिएको महसुस भएको छ । एयर जेर्मात र माउन्टेन रेस्क्यु स्टेसनले वर्षौंदेखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलियो ऐक्तबद्दताको सन्देश पठाउँछौं ।'

मौसम सफा रहेका बेला सूर्यास्तदेखि मध्यरातसम्म अन्य देशका झण्डाको आकृतिसँगै नेपालको झण्डा पनि देख्‍न सकिन्‍छ ।

स्विजरल्याण्डको जेर्मात जिल्लाले विश्वलाई प्रोत्साहन गर्नेप्र तीकको रुपमा मार्च २४ देखि यस्ता बत्तीहरु चम्काइरहेको छ ।

प्रकाशित : वैशाख १४, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?