राहत वितरणका क्रममा झडप हुँदा प्रहरीका असई घाइते

नवीन पौडेल

काठमाडौँ — रामग्राम नगरपालिका वडा नं. १७ मा राहत वितरणका क्रममा झडप हुँदा एक जना प्रहरी घाइते भएका छन् । झडपमा गोबरैया प्रहरी चौकीमा कार्यरत असई चामबहादुर ओलीको टाउकोमा चोट लागेको छ ।

राहत वितरणका क्रममा झडप हुँदा प्रहरीका असई घाइते

अवस्था गम्भीर नभएपनि उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

वडामा राहत वितरण भइरहँदा स्थानीयको एक समूहले वडाका सबैलाई राहत नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी खोल्न पुगेको प्रहरीसँग ८/१० जनाको समूहमा रहेका स्थानीयले आक्रमण गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका डीएसपी वीरेन्द्र थापाले बताए ।

वडाअध्यक्ष जीत बहादुर गोसाईका अनुसार प्रशस्त जग्गा जमिन हुनेले पनि राहात मागेपछि विवाद भएको थियो । प्रहरीमाथि आक्रमण गर्ने एक महिलासहित ४ जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?