३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कञ्चनपुरका संक्रमित पनि डिस्चार्ज

अर्जुन शाह

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचार गराउँदै आएका कोरोना भाइसबाट संक्रमित कञ्चनपुर बेदकोटका स्थानीय बुधबार निको भएर घर फर्किएका छन् । सेती अस्पतालबाट निको भएर घर फर्किनेको संख्या तीन पुगको छ । 

कञ्चनपुरका संक्रमित पनि डिस्चार्ज

बुधबार डिस्चार्ज हुनेमा कञ्चनपुरका बेदकोट नगरपालिका–१० घर भएका ४० बर्षीय पुरुष हुन् । चैत १३ गते उत्तराखण्डबाट फर्किएका उनलाई कोरोना संक्रमण देखिएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि पाँच जना संक्रमित रहेको सुदूरपश्चिममा उनी सहित तीन जना निको भएर घर फर्किपछि अब कैलालीकै दुईजना महिला मात्रै उपचाररत छन् । उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित : वैशाख १०, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?