१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सुदूरपश्चिमका पहिलो संक्रमित पनि डिस्चार्ज

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । 

सुदूरपश्चिमका पहिलो संक्रमित पनि डिस्चार्ज

धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए । लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए । दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । चैत १४ गते कोरोना पुष्टि भएको थियो ।

यसअघि तीनपटक परीक्षण गर्दासम्म पोजिटिभ देखिएको भए पनि चौथो पटकदेखि नेगेटिभ रिपोर्ट आएको हो । उनीसहित पाँच जना संक्रमितको उपचार भइरहेको सेतीबाट आइतबार लम्कीका २१ वर्षीय युवक पनि निको भएर डिस्चार्ज भएका थिए । अन्य तीन जना संक्रमितको भने उपचार भइरहेको छ । तीमध्ये आइतबार डिस्चार्ज भएका युवाकी भाउजुको भने उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख ९, २०७७ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?