कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेनाले चीनबाट २ अर्ब २६ करोड बराबरको स्वास्थ्य सामग्री ल्याउँदै 

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाले चीनबाट ल्याउन लागेको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरुको मूल्य २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ ।

सेनाले चीनबाट २ अर्ब २६ करोड बराबरको स्वास्थ्य सामग्री ल्याउँदै 

सेनाले चीनको सरकारी कम्पनी चाइना साइनो फर्म इन्टरनेशनल कर्पोरेसनसँग गरेको सम्झौताअनुसार अनुसार राष्ट्र बैंकमार्फत् एक करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरहेको हो ।

उक्त डलरको नेपाली रुपैयाँ करिब २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ हुन आउँछ । सम्झौता गरेको दुई दिनभित्र रकम भुत्तानी गर्नु पर्ने व्यवस्थाअनुसार सेनाले वैशाख ७ गत नै भुक्तानी गरिसकेको छ ।

नेपालको तर्फबाट सेनाका सम्भार रथी प्रभुराम शर्मा र चीनकोतर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयका प्रतिनिधिबीच सम्झौता भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेले उक्त कम्पनीले सम्पूर्ण सामग्री गोन्जाउमा जम्मा गरिदिने र त्यसपछि ढुवानी गरेर नेपाल ल्याउने बताए । उनले अतिआवश्यक सामग्रीहरु जस्तै पीपीई, एन–९५ र पीसीआर टेस्टका सामग्रीहरुलाई पहिलो चरणमा वाइडवडी वा अन्य विमानबाट छिटै ल्याउने बताए ।

सेनाले सुरुमा अतिआवश्यक सामग्री विमानबाट ल्याउने र त्यसपछि अन्य सामग्री सडक यातायात मार्फत पनि ल्याउन सक्ने जनाएको छ । प्रवक्ता पाण्डेका अनुसार सडक ढुवानीको लागि चीनस्थित नेपाली राजदुतावासमा रहेका सैनिक सहचारीबाट र नेपालस्थित चिनियाँ राजदुतावासबाट एजेन्टहरुको खोजी भइरहेको बताए ।

प्रवक्ता पाण्डेले सम्झौता अनुसार फर्मले पैसा प्राप्त भएको सात दिन भित्रमा अतिआवश्यक सामग्री जम्मा गरिदिने र गोन्जाउमा रहेको महावाणिज्य दुतावासले खबर गर्ने र त्यसलाई ल्याउनको लागि जहाजको तयारी गर्ने बताए ।

अन्य स्वास्थ्य सामग्री र औषधिहरु भने दुई साताभित्र जम्मा हुने र त्यसपछि ल्याउने बताए । उनले विश्वभरबाट स्वास्थ्य सामग्री माग भएकोमा नेपाल ८१ औ नम्बरमा परेको चिनियाँ पक्षले जानकारी दिएको बताए । ‘त्यसका बाबजुद हामीले अतिआवश्यक सामग्रीलाई एक साता भित्रमा दिनको लागि भनेका छौ,’ उनले भने ।

भारतबाट भने औषधि ल्याउन अझै केही सामय लाग्ने भएको छ । प्रवक्ता पाण्डेका अनुसार भारतबाट ल्याउने औषधिहरु दोस्रो चरणमा पछि आवश्यक पर्ने छन् । सेनाले भारतलाई ५३ थरी औषधि र सामग्रीको सुची पठाएको छ । ‘उनीहरुले ती औषधिहरुको मूल्यको रेट पठाएका छैनन्,’ उनले भने ।

प्रकाशित : वैशाख ९, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?