कोरोना संक्रमण नभएको पुष्टि भएपछि जनकपुरका दुई महिलालाई छाडियो

सन्तोष सिंह

धनुषा — पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि जनकपुरमा पैसा छरेको आरोपमा पक्राउ परेका दुई महिलालाई प्रहरीले छाडेको छ ।

कोरोना संक्रमण नभएको पुष्टि भएपछि जनकपुरका दुई महिलालाई छाडियो

शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेको आरोपमा शनिबार उनीहरु पक्राउ परेका थिए । पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ भएको पुष्टि भएपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । आइतबार दिउँसो आएको रिपोर्टमा दुवै जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको हो ।

पक्राउ परेकी दुई महिलामध्ये एकको शनिबार आरडीटी पोजिटिभ देखिएपछि जनकपुरमा त्रास बढेको थियो । प्रादेशिक अस्पताल जनकपुरमा पीसीआरबाट गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको डीएसपी कार्कीले बताए ।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा दुवै महिलाको पहिचान गरी नियन्त्रणमा लिएर स्वस्थ्य परीक्षण गराएको थियो । बैंकबाट पैसा साटेर महावीर चोक पुग्दा प्रहरीलाई देखेर आत्तिएर दौडिन थालेको उनीहरुले प्रहरीलाई बताएका थिए । त्यही क्रममा चानचुन पैसा खसेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : वैशाख ७, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?