३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

संक्रमित युवा निको भएर घर फर्कंदै 

अर्जुन शाह

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर भएका कोरोना संक्रमित बिरामीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ । उपचारपछि उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।

संक्रमित युवा निको भएर घर फर्कंदै 

भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भइरहेको सेती अस्पतालका प्रवक्ता डा.जगदीश जोशीले बताए ।

यसअघि सेती प्रादेशिक अस्पतालमा पाँच जना संक्रमित बिरामीको उपचार भइरहेकोमा लम्कीचुहाका २१ वर्षीय युवालाई सञ्चो भए पनि अन्य चार जना बाँकी छन् । अन्य संक्रमितका भने लगातार पोजेटिभ रिपोर्ट आइरहेका छन् ।


प्रकाशित : वैशाख ७, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?