३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तेह्रथुमका एक युवाको एन्टिबडी पोजिटिभ

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमका एक युवामा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ देखिएको छ ।

तेह्रथुमका एक युवाको एन्टिबडी पोजिटिभ

मेन्छयायेम गाउँपालिकामा शुक्रबार भएको परीक्षणका क्रममा ती युवामा आरडीटी नतिजा पोजिटिभ देखिएको गाँउपालिका स्वास्थ्य शाखा संयोजक किशोरकुमार साहले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको संयुक्त टोलीले गाउँपालिका भित्र होम क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा २८ वर्षीय युवाको एन्टिबडी नतिजा पोजेटिभ देखिएको हो । पहिलो चरणमा शंकास्पद १५ जनामा परीक्षणम गरिएकोमा अन्यको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्यकर्मीको भनाइ छ ।

ती युवाको स्वाब परीक्षणको लागि कोसी अञ्चल अस्पताल विराटनगरमा पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए।

प्रकाशित : वैशाख ६, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?