२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

दुई सातापछि सेती अस्पतालमा रहेका संक्रमित युवाको पीसीआर रिपोर्ट नेगेटिभ

चित्रांग थापा

धनगढी — दुईसाता अघि कोरोना पोजिटिभ देखिएर धनगढीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा रही उपचार गराइरहेका कैलालीको लम्की चुहा नगरपालिकाका एक युवाको पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको छ ।

दुई सातापछि सेती अस्पतालमा रहेका संक्रमित युवाको पीसीआर रिपोर्ट नेगेटिभ

सेती प्रादेशिक अस्पतालका वरिष्ठ इमर्जेन्सी फिजिसियन डा. जगदीश जोशीका अनुसार धनगढीकै प्रयोगशालामा शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

चैत २२ गते केन्द्रीय प्रयोगशालाबाट आएको जानकारीअनुसार उनको पहिलो परीक्षण नतिजा पोजेटिभ आएको उनले बताए । ‘पोजिटिभ देखिएर आइसोलेसनमा रहेकाहरुको २ पटक लगातार नेगेटिभ देखिएमा डिस्चार्ज गरिने कोरोना संक्रमण उपचारको प्रोटोकल रहेको छ,’ डा. जोशीले भने, ‘आज शनिबार पुन: परीक्षणका लागि उनको स्वाबको नमुना संकलन गरी धनगढीकै प्रयोगशालामा पठाइएको छ ।’ दोस्रो पटक पनि नेगेटिभ आएमा डिस्चार्ज गरिने डा. जोशीले बताए ।

सेती प्रादेशिक अस्पतालमा शुक्रबारको प्राप्त परीक्षणको नतिजामा नेगेटिभ देखिएका युवा तथा दुई महिलासहित पोजिटिभ देखिएका ५ जनालाई आइसोलेसन राखी उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख ६, २०७७ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?