कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड बजेट फिर्ता

काठमाडौँ — राष्ट्रपति कार्यालयले चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा विनियोजित साढे ९ करोड बजेट सरकारी सञ्चित कोषमा फिर्ता गरेको छ । 

राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड बजेट फिर्ता

कोभिड–१९ का कारण विशेष परिस्थिति सिर्जना भएको भन्दै राष्ट्रपति कार्यालयले उक्त रकम सरकारी सञ्चित कोषमै जम्मा हुने व्यवस्था मिलाएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले आफैं पनि विभिन्न शीर्षकका बजेट कटौती गरिरहेको छ ।

प्रकाशित : वैशाख ५, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?