१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भरतपुरमा दुई व्यक्तिको पीसीआर परीक्षण पोजिटिभ, थप यकिन गर्न स्वाब टेकु पठाइयो 

रमेशकुमार पौडेल

चितवन — भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो ।

भरतपुरमा दुई व्यक्तिको पीसीआर परीक्षण पोजिटिभ, थप यकिन गर्न स्वाब टेकु पठाइयो 

अस्पतालले दुई नमुना थप परीक्षणका लागि काठमाडौं पठाइएको जनाएको छ । उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए ।

अस्पतालबाट ३६ वटा नमुना प्रयोगशाला पठाइएकोमा बिहीबार साँझ ३१ वटाको रिपोर्ट आएको थियो । ती सबै नेगेटिभ थिए । बाँकी पाँचवटाको राति अबेर रिपोर्ट आएको थियो । तिनमा तीनवटा नेगेटिभ पुष्टि भएको र दुइटा थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको पौडेलले जानकारी दिए । ती दुवै व्यक्ति एक महिनाअघि विदेशबाट आएका हुन् । उनीहरूमा अहिलेसम्म कुनै खाले लक्षण नदेखिएको र अवस्था सामान्य रहेको पौडेलको भनाइ छ ।

भरतपुरमा अहिलेसम्म २१४ जनाको स्वाब परीक्षण भएको छ । भरतपुर अस्पतालले फागुन १८ गते नै कोरोना उपचारका लागि पाँच शय्याको आइसोलेसन वार्ड बनाएको थियो । अहिले आइसोलेसन वार्ड ३० शय्याको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले विदेशबाट फर्केर १७ दिन होम क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी सुरु गरेको छ । राप्तीमा एक जनामा आरडीटी गर्दा एन्टिबडी देखिएको थियो । उनीहरूका परिवारका अन्य दुई जनालाई पनि भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

प्रकाशित : वैशाख ५, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?