१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोना शंकास्पद भनिएका व्यक्तिका परिवारसहित ४० जनाको रिपोर्ट नेगेटिभ

हरि गौतम

(रुकुम पश्चिम) — कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद भनिएका यहाँका एक परिवारका अन्य सदस्यमा कोरोना नेगेटिभ आएको छ । बिहीबार ती व्यक्तिका परिवारका ४ सदस्य र आफन्त तथा गाउँले गरी ४० जनाको द्रुत परीक्षण गरिएको थियो । परीक्षणमा ४० जनाको रिपोर्ट नेगेटिभ आएको बाँफिकोट गाउँपालिका–७ का अध्यक्ष नरबहादुर खत्रीले बताए । ती व्यक्तिका परिवारका अरु ४ जनाको पीसीआर परीक्षणका लागि स्वाबसमेत संकलन गरिएको छ । 

कोरोना शंकास्पद भनिएका व्यक्तिका परिवारसहित ४० जनाको रिपोर्ट नेगेटिभ

गत चैत्र १० गते भारतबाट घर पुगेका ती ३७ वर्षीय व्यक्ति शंकास्पद भएको भन्दै बुधबार चौरजहारी आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ । शंकास्पद भनिएपछि स्वास्थ्य कार्यालय र प्रदेश जनस्वास्थ्य कार्यालयको टोलीले द्रुत परीक्षण तथा स्वाब संकलन गरिरहेको छ । सोही गाउँपालिका ६ का ३६ वर्षीय अर्का व्यक्ति पनि शंकास्पद छन् । उनलाई पनि बुधबार नै चौरजहारी आइसोलेसन अस्पताल भर्ना गरिएको छ । अहिले ६ नम्बर वडामा द्रुत परीक्षण र स्वाब संकलन कार्य चलिरहेको छ ।

यो पनि

ल्याब टेक्निसियनहरुले रिपोर्ट सार्वजनिक नगरेकाले पोजेटिभ वा नेगेटिभ भन्ने केही खुलेको छ । आरडीटी र पीसीआरका लागि हालसम्म १ सय १७ जनाको रगत तथा स्वाब संकलन भइसकेको जनाइएको छ । उनी भारतबाट गत चैत्र ९ गते घर पुगेका थिए । यसअघि यी दुवैसहित ३९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको थियो ।

प्रकाशित : वैशाख ४, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?