रुकुमका २ जनामा कोरोना संक्रमणको आशंका, स्वाब काठमाडौं पठाउन पत्राचार

चित्रांग थापा

धनगढी — धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमणको आशंका भएपछि रुकुमका दुई युवाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइने भएको छ ।

रुकुमका २ जनामा कोरोना संक्रमणको आशंका, स्वाब काठमाडौं पठाउन पत्राचार

कर्णाली प्रदेश, रुकुमका २ जनाको सुदूपश्चिम स्वास्थ्य निर्देशनालयको जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणकाे रिपोर्ट पोजिटिभ देखिएको जानकारी आएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

‘आधिकारीक रुपमा भन्न सकिँदैन, मैले जानकारीसम्म पाएको हुँ,’ उनले भने, ‘यसबारे मन्त्रालयका प्रवक्ताबाट आधिकारिक धारणा सार्वजनिक होला ।’

डा. अवस्थीका अनुसार कर्णाली प्रदेशमा पीसीआर परिक्षण सुविधा नभएका कारण त्यहाँ संकलन गएिको स्वाब परीक्षणका लागि धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा आउने गरेको हो । शंकास्पद दुवैजनाको नमुना मंगलबार धनगढी आइपुगेको पनि उनले बताए ।

जनस्वास्थ्य प्रयोगशाला धनगढीले कर्णाली प्रदेशको क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई स्वाब संकलन गरेर काठमाडौं पठाउनका लागि पत्राचार गरेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख एवं कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए

प्रकाशित : वैशाख ४, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?