परिवार सदस्यको मृत्यु संस्कारमा जानेबाहेक अन्यलाई सवारी पास नदिइने

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय, काठमाडौंले परिवार सदस्यको मृत्यु संस्कारमा जानुपर्ने अवस्थाबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नगर्ने भएको छ । 

परिवार सदस्यको मृत्यु संस्कारमा जानेबाहेक अन्यलाई सवारी पास नदिइने

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सूचना जारी गर्दै सवारी पास माग्नेहरूकाे भीडले लकडाउन उल्लंघन हुने अवस्था सिर्जना भएकाले यस्ताे निर्णय गरिएकाे जनाएका छन् ।

सवारी पासको दुरुपयोग बढेपछि प्रशासनले बुधबारदेखि लागू हुने गरी मृत्यु संस्कारमा जानुपर्नेहरूबाहेक अन्यलाई पास दिन राेकेकाे हाे ।

लकडाउनपछि सवारी पास दुरुपयाेग गर्ने १२ सयभन्दा बढीलाई नियन्त्रणमा लिइएको थियो ।

औषधि, अत्यावश्यक खाद्यान्न, तरकारी, खानेपानीलगायत ढुवानी, स्वास्थ्य सेवा र सञ्चार माध्यमसहितका लागि सातदिने म्याद राखेर यसअघि जारी गरिएकाे पहेँलो रंगको सवारी पास वैशाख १५ सम्मका लागि काम लाग्ने सहायक प्रजिअ कटुवालले जानकारी दिए । उनले अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि घर फर्कन पनि नयाँ सवारी पास नराेकिने बताए ।

प्रकाशित : वैशाख ३, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?