वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे 

सुरज कुँवर

काठमाडौँ — तीन महिनादेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सरकारले पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । 

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे 

सरकारका एक मन्त्रीका अनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । घिमिरेको पदावधिबारे भने खुलेको छैन ।

घिमिरे अघि निगमको कार्यकारी अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले निगम सञ्चालक समितिको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था खारेज गर्दै महाप्रवन्धक सुगतरत्न कंसाकार भन्दा एक तहमाथि मदन खरेललाई ०७५ भदौमा कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए । तर उनी ४ वर्षे कार्यकाल पूरा नगरी ०७६ माघमा राजीनामा दिएर अष्ट्रेलिया लागेका थिए ।

घिमिर पर्यटन सचिव हुँदा १८ महिना निगम सञ्चालक समितिको अध्यक्ष भएका थिए । पर्यटन मन्त्रालयमा योगेश भट्टराई मन्त्री भएर आएपछि घिमिरेकै नेतृत्वमा गत साउनमा ५ सदस्यीय निगम सुधारका लागि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले असोज १ गते विस्तृत प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित : वैशाख ३, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?