१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको तलब कोरोना कोषमा दिने

काठमाडौँ — नेकपाका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायाणकाजी श्रेष्ठले आफ्नो एक वर्षको तलब कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बनेको सरकारी कोष र विपन्‍न वर्गलाई दिने राहत प्याकेजका लागि दिने भएका छन् । 

नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको तलब कोरोना कोषमा दिने

प्रवक्ता श्रेष्ठले कोभिड–१९ बाट उत्पन्‍न संकटका बेला सबैले एकताबद्ध भएर आ–आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी रहेको उल्लेख गरेका छन् ।

‘यस परिस्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु’श्रेष्ठले सोमबार ट्विटमा उल्लेख गरेका छन् ।

दुई दिन अघि श्रेष्ठले सांसदहरु मार्फत् खर्च गरिने ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’अनुचित भएको यसको खर्च हुन बाँकी रकम कोरोना भाइरसविरुद्ध खर्च गर्न आग्रह गरेका थिए । त्यस्तै उनले यस्तो कार्यक्रम नै आगामी वर्षदेखि खारेज गर्नुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित : वैशाख १, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?