३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पाँच राजदूत र नियोग प्रमुखले कोषमा एक महिनाको तलब जम्मा गर्ने 

दिनेशजंग शाह

न्युयाेर्क — उत्तर एवं दक्षिण अमेरिकी देशका नेपाली राजदूत एवम् नियोग प्रमुखले नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण नियन्त्रण तथा उपचार कोषमा एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका छन् ।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास प्रमुख पुष्पराज भट्टराईका अनुसार पाँच नेपाली कूटनीतिज्ञले कोषमा रकम जम्मा गर्न लागेका हुन् ।

कार्यवाहक महावाणिज्य दूत भट्टराईसँगै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृतबहादुर राई, ब्राजिलका लागि राजदूत ताराप्रसाद पोखरेल र क्यानडाका राजदूत भृगु ढुंगानाले तलब कोषमा जम्मा गर्ने शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र ३०, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?