प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई अस्पताल भर्ना- समाचार - कान्तिपुर समाचार

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका छन् ।

शुक्रबार राति मुटुमा अचानक समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत जानकारी दिएका छन् ।

थापाका अनुसार सल्लाहकार भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।

प्रकाशित : चैत्र २९, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्

सञ्चय कोषका ऋणीलाई पनि १० प्रतिशत ब्याज छुट 

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चय कोषले आफ्ना ऋणीलाई १० प्रतिशत ब्याज छुट दिने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण ऋणीलाई मर्का परेको भन्दै सरकारले ब्याज छुट दिन निर्देशन दिएको थियो ।

सोही निर्देशनका आधारमा कोषले शुक्रबार ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
अब कोषका ऋणीले चैतदेखि असारसम्मको ब्याज असार मसान्तभित्र भुक्तानी गरे पाकेको ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । असारसम्म बुझाउनुपर्ने सापटीको ब्याज साउन १ सम्म बुझाउन पाइने सुविधा पनि कोषले दिएको छ ।
‘सञ्चयकर्तालाई प्रदान गरिएको घर सापटी, घर मर्मत कर्जा, शौक्षिक कर्जा र सरल कर्जाको ०७६ चैतदेखि ०७७ असारसम्मको ब्याज आउँदो असारभित्र तिरेर सो अवधिमा पाकेको ब्याज रकममा १० प्रतिशत छुट दिने,’ विज्ञप्तिमा भनिएको छ ।
कोषले कोरोनाबाट मृत्यु भएका सञ्चयकर्तालाई प्रतिव्यक्ति २ लाख रुपैयाँ क्षतिपूर्ति पनि दिने भएको छ । कोरोनाबाट मृत्यु भएका सञ्चयकर्ताका हकवालालाई उक्त रकम प्रदान गरिने कोषले जनाएको छ ।

प्रकाशित : चैत्र २९, २०७६ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×