विदेशबाट आएका सबै ‘स्वस्थ’

उपत्यकाका नगरहरूले विदेशबाट आएकाहरूको स्वास्थ्य स्थिति नियमित रूपमा बुझिरहेका छन् । कतिपयको स्वाब परीक्षण गरिएको छ । अहिलेसम्म कसैमा पनि शंकास्पद लक्षण देखिएको छैन ।
सीमा तामाङ

काठमाडौँ — कोभिड–१९ को सम्भावित संक्रमण रोक्न काठमाडौं उपत्यकाका स्थानीय तहहरूले विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्यांक संकलन गरी निगरानी सुरु गरेका छन् ।

विदेशबाट आएका सबै ‘स्वस्थ’

काठमाडौंमहानगरपालिकामा विदेशबाट फर्किएकाको संख्या १ सय १७ पुगेको छ । महानगरपालिकालेफागुन १८ गतेपछि विदेशबाट फर्किएका मानिसको विवरण संकलन गर्न थालेको महानगरकाप्रशासन विभाग प्रमुख नमराज ढकालले बताए । ‘संकलित व्यक्तिहरूको विवरण स्वास्थ्यमन्त्रालय, जिल्लाप्रशासन कार्यालय तथा सुरक्षा निकायमा पठाएका छौं,’ उनले भने, ‘अहिले स्वाब परीक्षण गर्ने तयारी गरिरहेकाछौं ।’

विदेशबाटफर्किएका र अझै भारतबाट आएका मानिसलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा बसाउनविवरण संकलनलाई तीव्र रुपमा अघि बढाएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले२७ शैयाको क्वारेन्टाइन तयार पारेको छ ।

तारकेश्वरनगरपालिकामा १ सय ६ जना विदेशबाट फर्किएका छन् । नगरपालिकाले फागुन अन्तिमसातादेखि नेपाल फर्केका व्यक्तिहरूको तथ्यांक संकलन गर्दै आएको नगर प्रमुखरामेश्वर बोहराले बताए । ‘अहिले सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं,’ उनले भने, ‘स्वाब परीक्षण गर्नछलफल गर्दैछौं ।’

दक्षिणकालीनगरपालिकामा विदेशबाट फर्केका २४ जना छन् । उनीहरू सबै आएको १४ दिन नाघिसकेकालेसुरक्षित अनुभूति गरेको नगर प्रमुख मोहन बस्नेतले बताए । ‘उनीहरूमा कुनै लक्षणदेखिएको छैन,’ उनलेबताए । उनीहरूको स्वाब परीक्षण भने गरिएको छैन । केही लक्षण देखिए सम्पर्क गर्नभनिएको छ । नगरपालिकाले चाल्नाखेल इलाका अस्पतालमा ५ शैयाको क्वारेन्टाइन तयारगरेको छ ।

कागेश्वरीमनोहरा नगरपालिकामा विदेशबाट फर्किएका ५६ जना छन् । उनीहरूमा अहिलेसम्म कोभिड–१९को लक्षण नदेखिएको नगर प्रमुख कृष्णबहादुर थापाले बताए । ‘उनीहरूको स्वाब परीक्षणगर्ने तयारी गरिरहेका छौं,’ उनले भने । नगरपालिकाले ६० शैयाको क्वारेन्टाइन र५ शैयाको आइसोलेसन कक्ष तयार गरेको छ । चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएकोछ ।

गोकर्णेश्वरनगरपालिकामा विदेशबाट फर्किनेहरूको संख्या ४३ छन् । नगर प्रमुख सन्तोष चालिसेकाअनुसार सबै जना सेल्फ क्वारेन्टाइनमा छन् । ‘अहिलेसम्म कुनै लक्षण देखिएको छैन,’ उनले भने, ‘चिकित्सक, जनप्रतिनिधि रसुरक्षाकर्मीको टोलीले फोनबाटै उनीहरूको स्वास्थ्य अवस्थाबारे सोधखोज गरिरहेको छ।’

नगरपालिकाकाप्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरवासीको स्वास्थ्य अवस्था पनिबुझिरहेको बताए । ‘नगरभित्रका २० हजार घरमा फोनबाटै सोधखोज गर्दै आएका छौं,’ उनले भने ।नगरपालिकाले जोरपाटी चोकमै स्थापना हुन लागेको अस्पतालसँग समन्वय गरेरभेन्टिलेटरसहित ६ शैया र आईसीयूसहितको ५ शैयाको आइसोलेसन कक्ष, नेपाल मेडिकल कलेजमा७ शैया र शंखरापुर अस्पतालमा ५ शैयाको आइसोलेसन कक्ष तयार गरेको छ । कोभिड–१९सम्बन्धी उपचार खर्च नगरपालिकाले नै बेहोर्ने भएको छ ।

कीर्तिपुरनगरपालिकामा हालै ५२ जना विदेशबाट आइपुगेका छन् । नगरपालिकाले उनीहरूलाई सेल्फक्वारेन्टाइनमा बस्न भनेको छ । उनीहरूको अवस्था नगरपालिकाले फोनमार्फत दिनहुँबुझिरहेको र सातामा एकचोटि चिकित्सकको टोलीले घरमै गएर परीक्षण गरिरहेकोनगरपालिकाका स्वास्थ्य संयोजक सन्तमान मानन्धरले बताए ।

बूढानीलकण्ठनगरपालिकामा फागुन अन्तिम सातायता विदेशबाट आएकाहरू ८९ जना छन् । नगरपालिकालेदिनहुँ फोन गरेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आएको नगर प्रमुखउद्धवप्रसाद खरेलले बताए । सातामा एकचोटि चिकित्सक टोलीले नै पनि उनीहरूको परीक्षणगरिरहेको उनले जानकारी दिए ।

चन्द्रागिरिनगरपालिकामा फागुन अन्तिम सातादेखि विदेशबाट फर्किएका मानिसको संख्या एक सय ७१ छ ।नगरपालिकाले सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालसँगको सहकार्यमा कोभिड–१९ भए-नभएको परीक्षण गर्नएक सय ५६ जनाको स्वाब संकलन गरिसकेको छ । नगरपालिकाका जनस्वास्थ्य प्रवर्धन उपशाखा सहसंयोजक जगदिश्वरी अवस्थीले बाँकीको केही दिनपछि स्वाब संकलन गर्ने बताए ।‘विदेशबाट फर्किएकाहरूलाई नगरपालिकाले थर्मोमिटर दिएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरूलेउनीहरूको अवस्थाबारे जानकारी दिनहुँ नगरपालिकालाई दिनुपर्छ ।’ नगरपालिकाले नगरअस्पतालमा १५ शøयाकोक्वारेन्टाइन तयार गरेको छ ।

टोखानगरपालिकामा फागुन अन्तिम सातायता ४१ जना विदेशबाट फर्किएका छन् । नगरपालिकाकास्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले विदेशबाट फर्किएकाहरूप्रति वरपरका मानिसलेशंकाको दृष्टिले हेर्दा समस्या भएको बताए । ‘विदेशबाट फर्किएका ६ जनालाई वरपरकामानिस र घरबेटीले कोठाबाट निकालेका थिए,’ उनले भने, ‘हामीले उनीहरूलाई क्वारेन्टाइनमा ल्याएरराख्यौं तर उनीहरू भागे ।’ विदेशबाट फर्किएकाहरूको स्वास्थ्यकर्मी रजनप्रतिनिधिहरूले फोनमार्फत नै जानकारी लिइरहेको उनले बताए । नगरपालिकाले ३८ शैयाकोक्वारेन्टाइन र ५ शैयाकोसामान्य आइसोलेसन कक्ष तयार गरेको छ ।

शंखरापुरनगरपालिकामा विदेशबाट फर्किएका १८ जना छन् । नगर प्रमुख सुवर्ण श्रेष्ठका अनुसारउनीहरू चैत ४ गतेअघि आएका हुन् । उनीहरूमा हालसम्म कुनै लक्षण देखिएको छैन ।भारतबाट फर्केको एक महिना पुगिसकेका एक जनालाई सामान्य ज्वरो आएपछि सोमबार चिकित्सकसहितकोटोलीले परीक्षण गरेर क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले २३ शैयाकोक्वारेन्टाइन तयार गरिसकेको छ भने ३ सय शैयाको क्वारेन्टाइनका लागि ठाउँ तयारगरिएको छ । सुष्मा मेमोरियल र पिपुल्स केयर अस्पतालमा २–२ शैयाको आइसोलेसन कक्षतयार गरिएको छ ।

नागार्जुननगरपालिकामा हालै विदेशबाट फर्किएका १ सय ४ जना छन् । त्यसमध्ये २० जनाले आफ्नोपहिचान सार्वजनिक गर्न नमानेको तर नगरपालिकाको सम्पर्कमा रहेको नगर प्रमुखमोहनबहादुर बस्नेतले बताए । ८४ जनामध्ये ४० जनाको स्वाब परीक्षण गरिसकेको र नतिजानेगेटिभ आएको उनले जानकारी दिए । ‘बाँकीको स्वाब टेस्ट गर्ने तयारीमा छौं,’ उनले भने । विदेशबाटफर्किएकाहरूमा अहिलेसम्म कुनै लक्षण नदेखिएको तर स्वास्थ्यकर्मीहरूले निगरानीगरिरहेको उनले बताए । नगरपालिकाले ३० शøयाको क्वारेन्टाइन र ९ शøयाको आइसोलेसन कक्षतयार गरेको छ ।

घरघरमागएर परीक्षण

भक्तपुरकोचार वटा स्थानीय तहले पनि आफ्ना नगरमा विदेशबाट आएकालाई निगरानी गरेको जनाएको छ ।मध्यपुर थिमि नगरपालिकामा ७५, भक्तपुर नगरपालिकामा ३४, सूर्यविनायकमा ४९, चाँगुनारायणमा ३४जना विदेशबाट हालै आएको पाइएको छ ।

मध्यपुरलेविदेशबाट फर्केकाको घरघरमै गएर स्वास्थ्य परीक्षण गरिरहेको मेयर मदनसुन्दरश्रेष्ठले बताए । ‘उनीहरू होम क्वारेन्टाइनमा छन् । हामीले दुई पटक घरमै परीक्षण गर्यौं,’ उनले भने, ‘तेस्रो पटकचाहिँ उनीहरूकोस्वाब नै परीक्षण गरिरहेका छौं ।’

ललितपुरमास्वास्थ्य सामान्य

ललितपुरमहानगरपालिका, गोदावरीर महालक्ष्मी नगरपालिकामा हालसम्म सम्पर्कमा आएका विदेशबाट फर्कने २ सय ७० जना छन्। तिनीहरु सबैमा कोभिड–१९ संक्रमण नदेखिएको तीनै नगरपालिकाले जनाएका छन् । ललितपुरमहानगरका अनुसार हालसम्म विदेशबाट आएका ६२ जना महिला र ७६ जना पुरुष गरेर एक सय ३८जना सम्पर्कमा आएका छन् । उनीहरु अमेरिका, मलेसिया, कतार, दुबई, चीन, इटाली, फ्रान्स, भारतलगायत देशबाट आएको महानगरका मेयरचिरीबाबु महर्जनले जानकारी दिए । उनले सबै जनालाई होम क्वारेन्टाइनमा राखिएको बताए।

गोदावरीमाभने ७४ जना सम्पर्कमा आएका छन् । मेयर गजेन्द्र महर्जनले ३५ जनालाई टेकु र १९जनालाई बज्रबाराही चापागाउँ नगर अस्पतालमा चाँज गराएकामा सबैको नेगेटिभ रिपोर्टआएको बताए । ‘बाँकी सबै होम क्वारेन्टाइनमा बसेका छन्,’ उनले भने ।

महालक्ष्मीनगरपालिकामा भने विदेशबाट आउने ५८ जना सम्पर्कका आएका छन् । स्थानीय अस्पतालमा जाँचगराउँदा उनीहरूको स्वास्थ्यस्थित सामान्य रहेको नगरले जनाएको छ । नगरका प्रमुखप्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार विदेशबाट आउनेहरूको निगरानी स्थानीयस्वास्थ्यकर्मीले गरिरहेका छन् ।

प्रकाशित : चैत्र २८, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?