कोरोना कोषमा कांग्रेस सांसदको १५ दिनको तलब

काठमाडौँ — कांग्रेस सांसदहरूले आफ्नो १५ दिनको पारिश्रमिक ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा दिने भएका छन् ।

कोरोना कोषमा कांग्रेस सांसदको १५ दिनको तलब

कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिअनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको १५ दिनको तलब कट्टा गरी कोषमा जम्मा गराउन संसद् सचिवालयलाई पत्राचार गरेको छ । दलले सचिवालयलाई तत्काल तलब कट्टा गराएर कोषमा जम्मा गराइदिन आग्रह गरेको छ ।


प्रकाशित : चैत्र २७, २०७६ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?