सर्वसाधारणलाई उपत्यका बाहिर जान दिने निर्णय नै नभएको गृहको भनाई

मातृका दाहाल

काठमाडौँ — गृह मन्त्रालयले सर्वसाधारणलाई उपत्यका बाहिर जान दिनेबारे कुनै निर्णय नै नभएको दाबी गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठकले शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट गाउँ फर्कन दिन निर्णय गरे पनि समाचार प्रकाशित भएपछि गृहले यस्तो दाबी गरेको हो ।

सर्वसाधारणलाई उपत्यका बाहिर जान दिने निर्णय नै नभएको गृहको भनाई

‘त्यस्तो निर्णय भएको भए हामीलाई खबर आउँथ्यो, अहिलेसम्म यस विषयमा गृहमा कुनै छलफल र निर्णय पनि भएको छैन,’ गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले भने, ‘सबैको जोड र ध्यान लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र रोगविरुद्ध चालिएका कदमलाई प्रभावकारी बनाउने भन्नेमा हामी केन्द्रित छौं ।’

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक रहेका उपप्रधानमन्‍त्री पोखरेलले केही मन्त्रीसँगको छलफलपछि उपत्यकाका नागरिकलाई गाउँ जान दिने निर्णय सार्वजनिक गरेका थिए। उपत्यकाबाट बाहिर जान दिने निर्णयलगत्तै भौतिक पूर्वाधात तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाई भेट्‍न पुगेका थिए । त्यसलगत्तै मन्त्री नेम्वाङले यातायात खुलाउने निर्णय कार्यान्वयन गराउन नसक्ने धारणा बाहिर ल्याएका हुन् ।

काठमाडौंमा लकडाउन लम्बिएपछि दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई समस्या आएपछि मानिस हिँडेरै उपत्यका छाड्ने क्रम रोकिएको छैन ।

यो पनि

प्रकाशित : चैत्र २७, २०७६ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?