कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन सकिँदैनः यातायात मन्त्री 

बिनु सुवेदी

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको कान्तिपुरलाई बताए ।

काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन सकिँदैनः यातायात मन्त्री 

कोभिड १९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए ।

मन्त्री नेम्‍वाङले कान्तिपुरलाई भने, 'हामीसँग पर्याप्त स्रोत र साधन छैन । तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन ।' यद्यपि मन्त्री नेम्वाङले भने काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए ।


काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएका थिए । सरकार सम्बद्ध उच्च स्रोतले कान्तिपुरलाई दिएको जानकारीअनुसार काठमाडौंमा अलपत्र नागरिकलाई बाहिर जाने दिने पहिले नै सहमति भएपनि आन्तरिकरुपमा नै मतभेद भएपछि सरकार पछि हटेको हो ।

यो पनि


प्रकाशित : चैत्र २७, २०७६ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?