१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

पाँचौदिनसम्म नयाँ कोरोना संक्रमित भेटिएनन् 

काठमाडौँ — विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा भने विगत ५ दिनदेखि नयाँ संक्रमण देखिएको छैन ।

पाँचौदिनसम्म नयाँ कोरोना संक्रमित भेटिएनन् 

बिहीबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन् ।


नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर ५ सय १३ नमुना परीक्षण गरिएको छ । साथै १ सय ९३ जनाको परीक्षण जारी छ । पछिल्लो ५ दिनमा नयाँ संक्रमित नदेखिएका हुन् ।


चैत २२ गते ३ जना कोरोना संक्रमित फेला परेपछि संक्रमितको संख्या ९ पुगेको थियो । एक जना निको भएर घर फर्किसकेका छन् । बिहीबारको अपडेटमा आइसोलेसनमा देशभरी ११७ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन् ।

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेकाको परीक्षणका लागि ५ हजार प्रति प्रदेशको दरले आरडिटी उपलब्ध गराएको र प्राविधिकहरुलाई तालिम दिएको जानकारी दिए । कैलालीमा ६६ जनामा आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताए।

साथै मन्त्रालयले बिहीबारदेखि कोरोना भाइरसको नियमित अपडेट साङ्केतिक भाषामा समेत गराउन थालेको छ ।

प्रकाशित : चैत्र २७, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?