कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिइने 

बिनु सुवेदी

काठमाडौँ — सरकारले काठमाडौंबाट गाउँ फर्कने चाहनेहरुलाई शुक्रबार र शनिबार जान दिने भएको छ ।

काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिइने 

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग गरेको छलफलबाट भोलि र पर्सि गाउँ फर्कन जान चाहनेहरुका लागि दिने निर्णय भएको पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।


उपप्रधानमन्त्री पोखरेलले भौतिक पूर्वाधार तथा यातायत मन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्री, पर्यटन मन्त्री र गृहका मन्त्रीहरुसँग घर फर्कन नपाएकहरुलाई पठाउने भन्नेबारे छलफल गरेका थिए ।


सरकारले अचानक लकडाउन घोषणा गरेपछि धेरै काठमाडौंमा रोकिएका थिए । बिहीबार गृह मन्त्रालयमा उनीहरलाई कसरी घर पठाउने भन्नेबारे छलफल भइरहेको छ ।


यस्तै अन्य जिल्लाबाट काठमाडौं भने आउन नपाइने बताइएको छ । गृह मन्त्रालयमा उनीहरुलाई कसरी पठाउने भन्नेबारे मोडालिटी तयार भइरहेको छ ।

सम्भवतः एउटा पालिकालाइ एकमुष्ट गरेर पठाइनेछ र गाउँ पुगेपछि उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन् ।


सरकारले गत ११ गते बिहान १० बजेदेखि लागू हुनेगरी १० गते साँझ अबेर लकडाउनको निर्णय गरेपछि गाउँ फर्किन चाहेका धेरै काठमाडौंमै अड्किएका छन् ।


कतिपय मजदुरहरू दुई तीन दिनसम्म पनि हिँडैरै घर जान थालेपछि सरकारले यो निर्णय गरेको हो ।

मंगलबार देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवधि कम्तिमा अरू साता दिन लम्बिन सक्ने संकेत गरेका थिए ।


लकडाउनको अवधि बढेपछि यहाँ अड्किएकाहरूलाई थप समस्या पर्न सक्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

प्रकाशित : चैत्र २७, २०७६ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?