२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रा. डा. सुवेदीलाई हल विश्‍वाविद्यालयको महाविद्यावारिधि

नवीन पोखरेल

लन्डन — प्रा. सूर्यप्रसाद सुवेदीलाई बेलायतको प्रतिष्ठित हल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । उनले प्राज्ञिक क्षेत्र र खासगरी अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार कानुनको विकासमा दिएको योगदानको कदर गर्दै मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

प्रा. डा. सुवेदीलाई हल विश्‍वाविद्यालयको महाविद्यावारिधि

उक्त विश्वविद्यालयका उपकुलपतिबाट सोसम्बन्धी पत्र पाउँदा आफू हर्षित भएको प्रा. सुवेदीले बताए । सुवेदीले उक्त विश्वविद्यालयबाट करिब ३० वर्षअघि विशिष्ट श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका थिए । त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरे । गत वर्ष उनलाई अक्सफोर्ड विश्वविद्यालयले पनि महाविद्यावारिधि उपाधि प्रदान गरेको थियो । यसवर्ष अक्सफोर्डले सुवेदीको नाममा स्नातक तह र विद्यावारिधि गरि दुईवटा वार्षिक पुरस्कार स्थापना गरेको थियो ।

प्रा. डा. सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि

बेलायतका दुई प्रतिष्ठित विश्वविद्यालयबाट दुईवटा महाविद्यावारिधि पाउने व्यक्ति बेलायतमै विरलै छन् । लमजुङबाट नेपाल ल क्याम्पस हुँदै बेलायतको अक्सफोर्ड र हल विश्वविद्यालयमा अध्ययन गरेका प्रा. सुवेदीले संसारका ५ वटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन् । उनले नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य देशलाई पनि कानुनी सल्लाह दिएका छन् ।

प्रकाशित : चैत्र २७, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?