२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सरकारले अवैतनिक महावाणिज्यदूतहरूको सुविधा खोस्यो

काठमाडौँ — विभिन्‍न देशका लागि अवैतनिक दूतका हैसियतमा प्राप्त सेवा सुविधाको दुरुपयोग भएको भन्दै सरकारले ती सुविधा फिर्ता लिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विभिन्‍न देशका लागि महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिएको जनाएको छ ।

सरकारले अवैतनिक महावाणिज्यदूतहरूको सुविधा खोस्यो

किर्गिजस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवाल कूटनीतिक सवारी साधन प्रयोग गरेर कालोबजारीमा संलग्‍न भएको अवस्थामा पक्राउ परेसँगै सरकारले सबै महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा खोस्‍ने निर्णय गरेको हो । पक्राउ परेका अग्रवालको जिम्मेवारी खोसिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार ७ दिनका लागि हिरासतमा पठाएको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गरेर सबै अवैतनिक महावाणिज्य दूतहरूलाई प्रदान गरिएको सुविधा फिर्ता लिने निर्णय भएको जनाएको छ । कूटनीतिक प्रयोगको लागि प्रदान गरिएको पद र सुविधा गैरकानुनी गतिविधिमा प्रयोग गरेको पाइएपछि परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूलाई प्रदान गर्दै आएका सेवा र सुविधा फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमा लेखिएको छ । उक्त सुविधा अन्तर्गत कूटनीतिक नियोगले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारी साधन र झन्डा रहेको छ ।

मन्त्रालयले अवैतनिक महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिने निर्णय तत्काल लागू हुने र अर्को सूचना जारी नभएसम्म कार्यान्वयन हुने जनाएको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : चैत्र २६, २०७६ २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?