२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

विद्यार्थीलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न नेविसंघको आग्रह

काठमाडौँ — प्रतिपक्षी कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लकडाउनका कारण घर जान नपाएका विद्यार्थीलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारलाई आग्रह गरेको छ ।

विद्यार्थीलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न नेविसंघको आग्रह

अध्यक्ष राजीव ढुंगानाले बुधबार विज्ञप्ति जारी गर्दै डेरा लिएर बसेका विद्यार्थीलाई प्राथमिकतामा राखेर राहत उपलब्ध गराउन माग गरेका हुन् । ढुंगानाले विज्ञप्तिमार्फत ‘अप्ठ्यारो परेको बेलामा मेरो देशको सरकारले मलाई सहयोग गर्छ’ भन्ने कुराको प्रत्याभूति गराउनसमेत आग्रह गरेका छन् ।

विदेशमा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गर्न भनेका छन् ।देश–विदेशमा रहेका रहेका नेविसंघ इकाईहरुलाई पनि विपतको क्षणमा आमनागरिकलाई सहयोग गर्न निर्देशनसमेत दिएका छन् ।

राहत वितरणका नाममा अनियमितता र भ्रष्टाचर भए त्यसविरुद्ध तुरुन्त आवश्यक कदम चाल्न सरकारलाई ढुंगानाले आग्रह गरेका छन् ।


लकडाउन जस्तो सतर्कताको उपाय अपनाउँदै गर्दा गरी खाने वर्गको दैनिक जनजीवन कष्टकर नबनोस् भन्नेतर्फ पनि सचेत रहन उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : चैत्र २६, २०७६ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?