कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

राजनीतिज्ञ राईको निधन

गणेश राई

काठमाडौँ — राजनीतिज्ञ तथा सामाजिक अभियन्ता भुइँदल राईको ९१ वर्षको उमेरमा बुधबार निधन भएको छ । लामो समयदेखि अल्जाइमरलगायतका रोगबाट पीडित राईको सुनसरीको इटहरी उपमहानगरपालिका–९ ओसियन पार्कस्थित माइला छोरा पार्थराजको घरमा निधन भएको हो ।

राजनीतिज्ञ राईको निधन

१९८६ साउन ११ गते माझकिरात भोजपुरको सिन्द्राङ–१ माक्साहुत (हाल– हतुवागढी गाउँपालिका–३) गाउँमा जन्मिएका भुइॅदल राजनीतिक रूपमा तत्कालीन हतुवागढी भीमेश्वर ग्रामपञ्चायतको तहबिल (सचिव), भोजपुरको पहिलो जिल्ला सभापति, प्रधानपञ्च, सगरमाथा अञ्चल पंचायतका निर्देशन अधिकारी र राष्ट्रिय पञ्चा‍यतका सदस्य भएका थिए ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, सामाजिक विभेद, कृषिलगायत विषयका लेखक राई समाजमा ‘थाम्पुक ल्हिम किरात’ नामबाट परिचित थिए । उनका विविध विषयका ९७ वटा पुस्तक कृति प्रकाशित छन् । ‘जाँडरक्सीमात्र खाएर जिउँने हाम्रो समाजमा पढ्न, लेख्नतिर डोर्‍याउन सकिन्छ कि भनेर मैले बाटो लिएँ,’ उनी जीवित हुँदै संवाददातासित भनेका थिए, ‘तर हाम्रो संस्कार छैन । न राजनीतिक संस्कार या पढ्ने नै । मैले त पुस्तक लेखेर, बेचेर धन कमाउन सक्छु भनेर एकपछि अर्को प्रकाशन गरो । तर आफन्तहरू सबै बिरानो भए । बोल्यो भने झूइँदलले किताब टक्रयाउँछ । बरु नचिनेजस्तो गरेपछि आनन्दै । तर मैले पुस्तक लेखन र प्रकाशन गर्न छाडिनँ ।’

राईको चार छोरा र तीन छोरी छन् । उनको बिहीबार किरात मुन्दुम विधिअनुसार सुनसरीको धरानस्थित हरियाली वनमा समाधिस्थ गरिने जेठा छोरा गंगाराज राईले जानकारी दिए ।

प्रकाशित : चैत्र २६, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?