'कन्ट्याक्ट ट्रेसिङ' को काम सकियो : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुका 'कन्ट्याक्ट ट्रेसिङ'  को काम सकिएको जानकारी गराएको छ । 

'कन्ट्याक्ट ट्रेसिङ' को काम सकियो : स्वास्थ्य मन्त्रालय

मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्‍व स्वास्थ्य संगठनको मापदण्डअनुसार अहिलेसम्मका ८ वटा केसका 'कन्ट्याक्ट ट्रेसिङ' सकिएको जानकारी दिएका हुन् ।


प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङमा २ र धनगढीमा ४ जना छन् ।

उनले हालसम्म २ हजार ३६६ नमुना परीक्षण भइसकेको जानकारी दिए । परीक्षण दायर बढाउँदै लगिएको भन्दै प्रवक्ता देवकोटाले उपत्यका बाहिरबाट नमुना संकलन भएर आइरहेको जानकारी दिए ।

बुधबारसम्मकोतथ्यांक अनुसार उपत्यकामा १२ र बाहिर १२२ गरी १३४ जना आइसोलेसनमा छन् ।८ हजार ५८० जना क्वारेन्टाइनमा रहेका प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाले नेपाली सेनाको छाउनी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालहरु कोरोना संक्रमित बिरामी राख्नका लागि तयार भएको बताए । उनका अनुसार सरकारले दुबै अस्पतालमा १ सयभन्दा बढी बेड र ६ वटा सघन उपचार कक्ष (आईसीयु बेड) पूर्ण तयारी अवस्थामा छन् ।

प्रकाशित : चैत्र २६, २०७६ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?