२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोना संक्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

रासस

काठमाडौँ — कोरोना भाइरस (कोभिड—१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना संक्रमित भेटिएको भनी अफवाह फैलाउने पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत् टीकापुर नगरपालिका—१ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने सोही नगरपालिका—२ का पवनकुमार भट्टराईलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।


आफ्नो फेसबुक आइडीमार्फत “कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका– १ ब्लक नं. १० मा भेटियो” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानुनी कारवाहीका लागि भट्टराईलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको उनले बताए । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २६, २०७६ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?