विभिन्न देशका लागि अवैतनिक दूतका हैसियतमा प्राप्त सेवा सुविधाको दुरुपयोग भएको भन्दै सरकारले ती सुविधा फिर्ता लिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विभिन्न देशका लागि महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिएको जनाएको छ ।
भारतबाट आएर सीमानामा रोकिएका नेपालीलाई तत्काल स्वदेश ल्याउन तीन जिल्लाका सांसदले सरकारसँग माग गरेका छन् । दार्चुला, बैतडी र बझाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उक्त माग राखेका हुन् ।
प्रतिपक्षी कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले लकडाउनका कारण घर जान नपाएका विद्यार्थीलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न सरकारलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि केन्द्रदेखि स्थानीय तहसम्म भएका कामको समीक्षा र थप रणनीति बनाउन ४ छुट्टाछुट्टै कार्यदल गठन गरेको छ ।
राजनीतिज्ञ तथा सामाजिक अभियन्ता भुइँदल राईको ९१ वर्षको उमेरमा बुधबार निधन भएको छ । लामो समयदेखि अल्जाइमरलगायतका रोगबाट पीडित राईको सुनसरीको इटहरी उपमहानगरपालिका–९ ओसियन पार्कस्थित माइला छोरा पार्थराजको घरमा निधन भएको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न सेनाले पाँच मुलुक छनोट गरेर परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेको छ । नेपालले चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाएको हो ।
बझाङमा पालिकाका क्वारेन्टाइनबाट सय जनाभन्दा बढी भागेका छन् । भारत तथा तेस्रो मुलुकबाट फर्केका ३ सय ८० जनालाई जिल्लाका १२ पालिकाका क्वारेन्टाइनमा राखिएको थियो ।
म त्यसताका भारतीय अंग्रेजी दैनिक ‘द टाइम्स अफ इण्डिया’को विशेष संवाददाता थिएँ । एक दिन कार्यकारी सम्पादक दिलीप पद्गावँकरको फोन आयो । उनले ‘चन्द्रशेखर नेपाल जाँदै छन् र केही भारतीय पत्रकारहरुलाई पनि लैजान चाहन्छन् । तिमी जाने हो ?’ भनेर सोधे ।
लकडाउनको उल्लंघन गर्दै ‘बान्नीकी चैतली’ मेला सञ्चालन गरेको आरोपमा प्रहरीले छविसपाथीभेरा गाउँपालिकाका चार जना वडाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
कोभिड संक्रमणका बिरामीको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी जोखिममा छन्। विश्वका विभिन्न मुलुकमा सुरक्षाका सामग्री लगाएरै बिरामी हेर्ने चिकित्सक र स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन्। केहीको त मृत्यु नै भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोभिड–१९ का शंस्कास्पद बिरामी दिनहुँजसो आइसोलेसनमा भर्ना भइरहेका छन्। त्यस्ता बिरामीको रेखदेख तथा औषधि उपचारको जिम्मा लिएकी नर्स हुन्– बेली पौडेल।
नेपाल औषधि लिमिटेडले पहिलोपटक स्यानिटाइजर उत्पादन तथा विक्री सुरु गरेको छ । नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री बज्राचार्यले यही चैत २ गतेदेखि उत्पादन सुरु भएको जानकारी दिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार झन्डै पाँच घण्टा लामो सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले निकालेको प्रेस विज्ञप्ति जम्मा एक सय ६० शब्दको थियो ।
लकडाउनका बेला होटेल रेष्टुराहरु बन्द रहेपनि प्रदेश २ का सभामुख सरोज यादवसहितको टोलीलाई होटेल खोलाएर भोजन गराइएको छ । प्रदेश २ को प्रवेशद्वार कोसी ब्यारेजस्थित होटेल होलिडे सभामुख यादवसहितको टोलीलाई भोजनका लागि बुधबार खोलाइएको हो ।
कोरोना महामारीका बेला अस्पताल नजाने पाँच चिकित्सकलाई प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले कारबाही गरेको छ । बिनासूचना अनुपस्थित भएका लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकलाई मन्त्रालयले सेवाबाट हटाएको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट सीमामा रोकिएका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्न सरकारलाई आग्रह गरेका छन् । देउवाले बुधबार सरकारलाई स्वास्थ्य सामग्री खरिद पारदर्शी बनाउन पनि आग्रह गरेका छन् ।
कञ्चनपुरकी ३७ वर्षीया लक्ष्मीदेवी चौधरी मिर्गौलापीडित हुन् । उनलाई समयसमयमा रगत आवश्यक परिरहन्छ । सुरुमा भारतमा डायलसिस गराउँदै आएकी उनी हाल काठमाडौंको सुमेरु अस्पतालमा गराउँछिन् । उनकी भतिजी उर्मिला भन्छिन्, ‘लकडाउनले गर्दा रगत खोज्न निकै समस्या भयो । उहाँको ब्लड ग्रुप एबी पोजिटिभ हो । यो पाउन झन् गाह्रो रहेछ ।’
स्वास्थ्य सामग्री खरिदका क्रममा ओम्नी समूहसँग भएको मिलेमतो र अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको छानबिनसमेत औपचारिकतामा सीमित भएको छ ।
स्थानीय तहहरूका अनुसार फागुन अन्तिम सातायता ५ हजार ६ सय ४९ जना भारतलगायत अन्य देशबाट कञ्चनपुर आएका छन् । उक्त तथ्यांकअनुसार तेस्रो मुलुकबाट आउनेको संख्या भने सय जनाको हाराहारीमा मात्र छ । कोरोना भाइरसको संक्रमण बढेपछि कञ्चनपुर भित्रिएकाहरूको संख्या ५५ सयभन्दा बढी भए पनि हाल क्वारेन्टाइनमा भने २ सय ३१ जना मात्रै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधनमा सफाइ मजदुरलाई पनि चिकित्सकसरह भत्ता र बिमा व्यवस्था गर्ने घोषणा गरे, जसअनुसार सफाइ मजदुरले पनि तलबको शतप्रतिशत भत्ता पाउनेछन् भने २५ लाख रुपैयाँको जीवन बिमा गरिनेछ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेको दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् ।
स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल यतिबेला कालोसूचीमा परिसक्यो होला भन्ने धेरैलाई लागेको हुन सक्छ ।
संघीय संसद्का सांसदहरूले कोभिड–१९ नियन्त्रणका लागि आफूहरूको भूमिकालाई बेवास्ता गरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् । संघीय संसद् बैठक नहुँदा सरकारले गरेको संक्रमण नियन्त्रणका प्रयासमा देखिएका कमजोरी औंल्याउन वा सुझाव दिन आधिकारिक संयन्त्र नभएको गुनासो पनि उनीहरूले गरेका छन् ।
संघीय सरकारले पठाएको कोभिड–१९ को स्वाब परीक्षण गर्ने आरटी–पीसीआर (रियल टाइम–पोलिमरेज चेन रियाक्सन) मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन थालिएको छ । मंगलबार मात्र १५ वटा स्वाबको नमुना काठमाडौं पठाइएको प्रदेश अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ ।
कोरोना भाइरस संक्रमण भए–नभएको पुष्टि गर्न अछाममा क्वारेन्टाइनमा बसेका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाका २ र सरकारले पठाएका तीन जना स्वास्थ्यकर्मीको संयुक्त टोलीले मंगलबार जिल्लाका चार स्थानमा पुगी स्वाब संकलन गरेको हो ।