१० थान भेन्टिलेटर र १००० पीपीई सहयोग

काठमाडौँ — निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मंगलबार १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई इन्स्टिच्युटका तर्फबाट डा. अनिल श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

१० थान भेन्टिलेटर र १००० पीपीई सहयोग

भेन्टिलेटर र पीपीईजस्तो महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै स्वास्थ्यमन्त्रीले सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए ।


इन्स्टिच्युटले दिएको पोर्टेबल भेन्टिलेटर तुरन्त धनगढी, बुटवल र बागलुङमा दुई–दुई वटाका दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनका लागि तयारी अवस्थामा राखिने छ ।


अटोमेटिक ब्याकप्याक स्प्रेयर हस्तान्तरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्योति ग्रुपले अटोमेटिक ब्याकप्याक स्प्रेयर हस्तान्तरण गरेको छ । होण्डा अटोमेटिक ब्याकप्याक स्प्रेयर सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्नका निमित्त उपयोगी हुनेछ । ज्योति ग्रुपले १० थानअटोमेटिक ब्याकप्याक स्प्रेयरको ७ लाख रुपैयाँ पर्ने जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?