कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नयाँ कामदार नथप्‍ने गरी आंशिक रुपमा अरुण तेस्रोको काम सुरु 

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको चिचिला र मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम आंशिक रुपमा लकडाउनकैबीच सुरु गरिएको छ । 

नयाँ कामदार नथप्‍ने गरी आंशिक रुपमा अरुण तेस्रोको काम सुरु 

लकडाउनका कारण रोकिएका ठूला आयोजनालाई सरकारले काम गर्न अनुमति दिएकाले नयाँ कामदार नथप्ने प्रतिबद्धता पछि काम सुरु भएको हो । अरुण तेस्रो आयोजनामा सुरक्षा सतर्कता, नयाँ कामदार नथप्ने र स्टक रहेको निर्माण सामाग्री रहुञ्जेल आयोजनाको काम सुरु भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।


कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले दुईसातादेखि काम प्रभावित भएको थियो । आयोजनाको काममा कुनै पनि कामदार नथप्ने र निर्माणस्थलमा भएका कामदारको स्वास्थ्य परीक्षण गरेर परिचालन गरेर काम अघि बढाउने उनले बताए । आयोजनामा कार्यरत अधिकांश मजदुर बाहिरी जिल्ला र भारत भएका कारण घर फर्किन सम्भव नभएकाले काम थालिएको अरुण तेस्रोका सीईओ अरुन धिमानले बताए ।


भारतीय निर्माण कम्पनी सतलजले ९ सय सय मेगावटको जलविद्यत् आयोजनाको निर्माणको काम गरिरहेको छ । सरकारले ठूला आयोजनाको काम गर्ने दिने बाटो खोलेपछि क्याम्पमा रहेका कामदारबाट काम सुरु गरिएको सतजल कम्पनीले जनाएको छ ।


अरुण तेस्रो आयोजना स्थलमा रहेको करिब १ हजार ५ सय कामदारले काम गर्न सुरु गरेका हुन् । यसअघि आयोजनामा ३ हजारभन्दा बढी कामदार थिए । आयोजनामा अधिकांश कामदार भारतीय छन् ।


कारोनाभाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै ठप्प भएपछि श्रमिक र निर्माण सामग्री अभावका कारण अरुण तेस्रोको काम रोकिएको थियो । आयोजनासंग उपलब्ध निर्माण सामग्री अनुसारका काम सुरु गरिएको हो ।


आयोजना निर्माणमा परिचालन हुने कामदारको स्वास्थ्य सुरक्षालाई प्राथामिकता दिँदै काम थालिएको कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?