आरडीटी र पीसीआरबाट परीक्षण तयारी भइरहेको छ : प्रवक्ता 

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १७ सय ९६ नमुना परीक्षण भएको बताएका छन् । 

आरडीटी र पीसीआरबाट परीक्षण तयारी भइरहेको छ : प्रवक्ता 

कोभिड १९ सम्बन्धमा आयोजित नियमित पत्रकार सम्मेलनमा मंगलबार देवकोटाले परीक्षणको दायरा बढाउने क्रममा आरडिटी र पिसिआर मेसिन दुवैबाट गर्ने तयारी भइरहेको जनाए । उनले कञ्चनपुरबाट २१ वटा र कैलालीमा १८ वटा नमुना संकलन भएको बताउँदै जुम्ला र अछाममा पनि नमुना सकंलन भइरहेको जनाए ।


देशभरी १०० जना आइसोलेसनमा रहेका छन् । काठमाडौँमा १६ जना र बाहिर ८४ जना रहेका छन् । त्यसैगरी ९ हजार २ सय २८ जना क्‍वारेन्टाइनमा रहेका छन् ।


प्रकाशित : चैत्र २५, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?