कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थपिन सक्ने

बिनु सुवेदी

काठमाडौँ — लकडाउनको अवधि बढाउने लगायतका विषयमा छलफल गर्न २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । 

२ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थपिन सक्ने

चार बजे बस्ने भनिएको बैठक २ बजेलाई सारिएको हो । सरकारले दोस्रोपटक थपेको लकडाउनको अवधि भोलि २५ गते सकिँदैछ । लकडाउन अवधि थप गर्ने कि नगर्ने भन्नेबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने एक मन्त्रीले बताए । ‘एक हप्ता थपिन सक्ने सम्भावना छ,’ उनले कान्तिपुरलाई भने, ‘आजै निर्णय हुन्छ ।’


कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले भने लकडाउन थप्नेबारेमा सरकारलाई औपचारिक सिफारिस गरेको छैन । तर, बैठकपछि समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग लकडाउन लगायतका विषयमा छलफल गरेका थिए ।

सुदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण देखिएको र विदेशबाट आएकाबाट स्थानीयमा सरेको समेत भेटिएपछि सुदूरपश्चिममा क्वारेन्टाइनको अवधि थप गरिसकिएको छ । आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले क्वारेन्टाइन अवधि २१ दिन पुर्याइएको घोषणा गरेका थिए ।

प्रकाशित : चैत्र २४, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?