ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

राजविराज — ढिस्कोले पुरिएर आइतबार सप्तरीमा दुई बालकको ज्यान गएको छ ।

अग्‍नीसाईर कृष्णासवरण गाउँपालिका–६ मोहनपुरका डिलबहादुर मगरका ५ वर्षीय छोरा निकेश र उमेश खड्काका ८ वर्षीय छोरा निशानको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।


घर नजिकै रहेको स्थानीय गौरी खोलामा खेलिइरहेका दुवै बालकको खोला किनारको माटोको ढिस्कोले पुरिदा घटनास्थलमै मृत्यु भएको मिश्रले बताए ।


शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?