कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जाडो छल्ल बेंसी झरेका मुस्ताङी घर फर्कन पाएनन्

घनश्याम खड्का

(म्याग्दी) — जाडो छल्न बेंसी झरेका उपल्लो मुस्ताङवासीलाई कोरोना भाइरस संक्रमणको त्रासका कारण आफन्तहरुले घर फर्कन दिएका छैनन् । कार्तिकमा जाडो छल्न बेंसी झरेका उनीहरुका लागि मध्य फागुनदेखि गर्मी बढ्न थालेपछि घर फर्कने सिजन हो । यस वर्ष चैत पहिलो सातासम्मै बाक्लो हिमपात भएपछि घर फर्कन सक्ने अवस्था भएन । अहिले सरकारले लकडाउन गरेपछि उनीहरु पोखरामा अल्झेका छन् ।

‘जाडो छल्न र अध्ययन/अध्यापन (घुम्ती विद्यालय) का लागि हिउँदमा बेंसी झरेका उपल्लो भेगका २ सय ७६ जना पोखरामा अल्झिेका हुन् । सुरुमा बेमौसमी हिमपातले र पछि लकडाउन छिट्टै खुल्लाभन्दा भन्दै मुस्ताङी घर फर्कन नपाउँदा खेतीपाती कसरी गर्ने समस्या भएको छ’ गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले भने, ‘जनप्रतिनिधि, कर्मचारीसमेत मुस्ताङी तल रोकिनु परे पनि कोरोना भाइरस संक्रमण भित्रिन नदिन लकडाउन आफैंमा राम्रो छ ।’


मुस्ताङको उपल्लो भेगमा पर्ने दामोदरकुण्ड–लोघेकर र लोमन्थाङ गाउँपालिका जनप्रतिनिधि, कर्मचारीसमेत अन्य सरकारी कार्यालय अझै फर्केका छैनन् । फागुन १ गतेदेखि नै मुस्ताङमा नयाँ शैक्षिक सत्र सुरु भए पनि जाडोमा पोखरा झरेका घुम्ती विद्यालय अझै गाउँ फर्केका छैनन् ।

मुखिया प्रथा विद्यमान मुस्ताङको समाजमा स्थानीय सरकारको उपस्थिति गाउँमा नभए पनि गाउँ मुखियाहरुले कोरोना संक्रमण मुस्ताङ भित्रिन नदिन आ–आफ्ना कानुन लागू गरेका छन् । एक गाउँपालिकाबाट अर्को गाउँपालिका प्रवेश रोक लगाइएको छ । मुस्ताङका ५ स्थानीय तहका ८ स्थानमा स्थानीयले चेक पोष्ट खडा छन् ।


गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई क्‍वारेन्टाइनमा नबसी गाउँ प्रवेशमा रोक लगाएका छन् । जनप्रतिनिधि वा कर्मचारीसमेत सर्वसाधारण अर्को जिल्लामा क्‍वारेन्टाइनमा बसेको वा कोरोना भाइरस संक्रमण नभएको डाक्टरको प्रेप्किसन नभएका हरेक मुस्ताङवासीले अनिवार्य १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नु पर्छ ।


हिउँदका ४–५ महिना जाडो छल्न बेंसी झरेका मुस्ताङीहरु घुम्ती व्यापार गर्न कोरोना संक्रमण देखिएका भारतका प्राय: सबै राज्य र नेपालका पनि ठूला सहरबस्ती चाहर्ने भएकोले उनीहरुबाट भाइरस मुस्ताङ भित्रन सक्ने भएकोले स्थानीयले आफन्तलाई पनि अनिवार्य क्‍वारेन्टाइनमा राखेरमात्र घर भित्र्याउने निर्णय गरेको हो ।

‘मुस्ताङ्गको उपल्लो भेगका लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकासँग प्रशासनको सम्पर्क र समवन्यय नै छैन । क्‍वारेन्टाइनमा नबसी कसैलाई गाउँप्रवेश नदिने भएकोले जनप्रतिनिधि र कर्मचारी सबै तलै रोकिनु भएको छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले भने, ‘तल्लो क्षेत्रका तीन गाउँपालिकामा ८५ जना विदेशबाट आउनु भएको रहेछ, १४ दिन नपुगेका सबैलाई क्‍वारेन्टाइनमा राखिएको छ । मुस्ताङ प्रवेशद्‍वार घाँसामा जाडो छल्न बेंसी झरेका उपल्लो मुस्ताङका ७ जनालाई पनि क्‍वारेन्टाइनमा राखिएको छ ।’


हिउँदमा जोमसोम समेत बेंसी झरेका प्रशासकीय अधिकृतसमेत कर्मचारी र गाउँपालिका अध्यक्षसमेत जनप्रतिनिधि उपल्लो मुस्ताङ कार्यस्थल जान लाग्दा स्थानीयले रोकी क्‍वारेन्टाइनमा राखेका छन् । मुस्ताङका कुनै पनि बस्तीमा नयाँ ब्यक्तिलाई पाहुना राखे (वास राखे) सर्वसाधारणलाई ३ हजार र मुखिया वा जनप्रतिनिधि भए ६ हजार जरिवाना तोकिएको छ ।


मुस्ताङको १८ देखि ३३ सम्मका १६ वटा सीमास्तम्भले १ सय ३४ दशमलव १६ किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?