१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

टीका-टिप्पणीहरुलाई नजिकबाट अवलोकन गरिरहेका छौं : सेना

जगदीश्वर पण्डे

काठमाडौँ — सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी) प्रक्रिया मार्फत् खरिद गर्न निर्देशन दिएपछि आफूविरुद्ध भइरहेको आलोचनालाई सेनाले नजिकबाट अवलोकन गरिरहेको बताएको छ ।

टीका-टिप्पणीहरुलाई नजिकबाट अवलोकन गरिरहेका छौं : सेना

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आइतबार भिडियो कन्फरेन्स मार्फत् पत्रकार सम्मेलन गर्दै बाहिर भइरहेका टिक्का टिप्पणीलाई नजिकबाट अवलोकन गरिरहेको बताएका हुन् ।

'नेपाली सेना संविधानतः चल्ने संस्था हो । यसले मुलुकका ऐन, नियम र संविधानलाई पालना गर्छ । सरकारले दिएका निर्देशनहरुलाई पालना गर्न सेना तयार छ,' उनले भने,'सेना पनि सरकारको एक मुख्य अंग भएको कारणले गर्दा सेनाले गरेका काम पनि सरकारले नै गरेको हो ।'


प्रवक्ता पाण्डेले मुलुकमा समस्या पर्दा सेनाले नागरिकको सहयोग गर्नु पर्ने उल्लेख गर्दै राष्ट्रिय सुरक्षाको बृहत घेराभित्र नागरिकहरुको सुरक्षा पनि रहेको बताए ।

प्रकाशित : चैत्र २३, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?