१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अहिले मध्यावधि निर्वाचन चाहियो भनेको होइन : महत 

काठमाडौँ — कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले अहिलेको संकटपूर्ण बेलामा मध्यावधि निर्वाचनमा जानुपर्छ भन्ने आफ्नो र पार्टीको धारणा नभएको प्रस्ट्याएका छन् । शनिबार एक टेलिभिजन अन्तर्वार्तामा बोलेको विषयलाई तोडमोड गरेर बाहिर ल्याएको भन्दै महतले आइतबार विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन् । 

अहिले मध्यावधि निर्वाचन चाहियो भनेको होइन : महत 

‘एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा मैले बोलेको प्रसंगलाई तोडमोड गरी एउटा अनलाइनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पुरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानआकर्षण भएको छ,’ महतले विज्ञप्तिमा भनेका छन् ।


उक्त अन्तर्वार्ताको मूल आशय सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमितामा लिप्त भएको भन्ने उल्लेख रहेको महतले बताएका छन् ।

‘अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउँछन् भन्ने विषयमा आफूले गरेको विश्लेषणलाई बग्यांएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दु:ख लागेको छ,’ महतले भनेका छन । उनले अहिलेको संक्रमणबाट चाँडै मुक्ति पाउन पार्टी पंक्ति क्रियाशील रहेको उल्लेख गरेका छन् ।

प्रकाशित : चैत्र २३, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?