कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लकडाउनमा थप कडाइ : एउटा स्थानीय तहबाट अर्कोमा जान नपाइने

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको छ । 

लकडाउनमा थप कडाइ : एउटा स्थानीय तहबाट अर्कोमा जान नपाइने

शनिबार साँझ बसेको मन्त्रिपरिषद्कौ बैठकले आवागमनमा थप नियन्त्रण गर्दै लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा नियन्त्रण गरिने बताएका छन् ।

कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ । संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ । शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : चैत्र २२, २०७६ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?