कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना रोक्ने योजना प्रतिवेदनसहित उपस्थित हुन स्वास्थ्यका अधिकारीहरुलाई सर्वोच्चको आदेश 

कृष्ण ज्ञवाली

काठमाडौँ — सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित हाजिर हुन स्वास्थ्यका अधिकारीहरुलाई आदेश दिएको छ । 

कोरोना रोक्ने योजना प्रतिवेदनसहित उपस्थित हुन स्वास्थ्यका अधिकारीहरुलाई सर्वोच्चको आदेश 

न्यायाधीश हरि फुँयालको एकल इजलासले आउने आइतबार कोरोना नियन्त्रणमा भएका प्रयास र रोकथामका योजनासहित उपस्थित हुन स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनि स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई उपस्थित हुन आदेश दिएको हो ।


सर्वोच्चको आदेशअनुसार आगामी आइवार पेसी तोकिने कोरोना संक्रमण नियन्त्रणसम्बन्त्री अरु दुई निवेदनको सुनुवाइका दिन मन्त्रालयले गरेको कामको विवरण र योजनासहितको प्रतिवेदन पेस गर्नुपर्नेछ । सर्वोच्च अदालतले गतहप्ताका पुराना दुई निवेदनलाई पनि एकसाथ राख्नु भनी आदेश दिएको छ । अधिवक्ता मुकुन्द अधिकारीले दर्ता गरेको निवेदनमाथिको थपे छलफलका लागि महान्यायाधीवक्ता कार्यालयलाई पनि झिकाएको छ ।


अधिवक्ता अधिकारीले नियमित रुपमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेलगायत माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए । निवेदनमा कोरोनाको परीक्षण गर्न चाहने व्यक्तिको ४८ घण्टाभित्र परीक्षण गरी प्रतिवेदन दिनुपर्ने, सातवटै प्रदेशबाट परीक्षण व्यवस्था मिलाउनुपर्ने, तोकिएभन्दा बढी ज्वरो आएका सबैको स्वाब परीक्षण गर्नुपर्ने अनि आइसोलेसनको व्यवस्था हुनुपर्ने लगायतका माग छन् ।

निवेदनमा चिकित्सकहरु पनि उपचारबाट भाग्न थालेको भन्दै उनीहरुको पेशागत आचरणको कार्यान्वयनको माग छ भने नियमित उपचारमा आउने बिरामीलाई फिर्ता गर्ने प्रवृत्ति रोक्न पनि आदेशको माग गरिएको छ ।


कोरोना संक्रमण नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्ने र स्वास्थ्य संस्थाले बिरामीको उपचार गर्नुपर्ने माग समेत निवेदनमा छ ।

प्रकाशित : चैत्र २१, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?