अलीलाई पद मुक्त गर्न माग

मोरङ — कांग्रेस नेता शेखर कोइरालाले असगर अलीलाई प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार पदबाट तत्काल हटाउन माग गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गरी अनलाइन मिडियाको साइट ह्याक गर्ने अलीलाई पद मुक्त गरी कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । 

अलीलाई पद मुक्त गर्न माग

अलीको लगानी रहेको सिरान टेक्नोलोजीले ‘काठमाडौं प्रेस’ को साइट ह्याक गरी समाचार हटाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘संसारमै नहुने यस्तो घटना प्रेस र अभिव्यक्ति स्वतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संसारमा कही र कतै पनि प्रकाशित समाचारलाई लिएर विमती हुँदैमा वेभ डेभलपरले यसरी समाचार हटाउन पाउँदैनन् ।’

किन विवादमा आए अस्गर अली ?


सिरान टेक्नोलोजीले घटनाप्रति माफी मागिसकेको प्रसंगमा सरकारले अब कानुनी कारबाही अगाडी बढाउनुको विकल्प नरहेका कोइरालाले जनाएका छन् । अलीको कम्पनीसँग २२ वटा वाणिज्य बैंक र २६ वटा वित्तिय संस्थाको गेटवे रहेकाले लाखौं नेपालीले आफ्नो दु:ख, परिश्रम गरी जम्मा गरेको अर्बौ रूपैयाँ जोखिममा रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र २१, २०७६ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?