२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

स्व‍ास्थ्य मन्त्रालयले भन्यो-दीर्घरोगी, गर्भवती स्वास्थ्यकर्मीहरु काममै खटिनु [सूचनासहित]

काठमाडौँ — स्वास्थ्यकर्मीलाई बिदा दिने/नदिने विषयमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले फरक-फरक निर्देशनका कारण स्वास्थ्यकर्मी अलमलमा छन् । कोरोना भाइरस (कोभिड –१९) गत १५ चैतमा विभागले सूचना जारी गर्दै अस्पतालमा कार्यरत कर्मचारीलाई इन्फ्लुएन्जाको लक्षण देखिएमा १० दिन वा सन्‍चो नहुदाँसम्म बिदा दिन आग्रह गरेको थियो । 

स्व‍ास्थ्य मन्त्रालयले भन्यो-दीर्घरोगी, गर्भवती स्वास्थ्यकर्मीहरु काममै खटिनु [सूचनासहित]

महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको परिपत्रमा मधुमेह, उच्च रक्तचाप दम, श्वासप्रश्वासमा समस्या भएका सुत्केरी तथा गर्भवती कर्मचारीहरुलाई कोभिड – १९ को शंकास्पद बिरामीको प्रत्यक्ष उपचार तथा व्यवस्थापनमा नखटाउन देशभरका अस्पतालहरुलाई निर्देशन दिइएको थियो । तर बिहीबार (चैत २० गते) विभागको सूचनाको कार्यान्वयन नगर्नु भन्दै स्वास्थ्य मन्त्रालयले अर्को सूचना जारी गरेको छ ।


सूचनामा लेखिएको छ ‘कोभिड–१९ को विश्वव्यापी गम्भीर बनाएको आजको विश्वव्यापी गम्भीर परिस्थितिमा देशभरका स्वास्थ्य सेवाहरुलाई सुचारु गर्नका लागि कुनै पनि कर्मचारीलाई बिदा र काजमा नछोडी नियमित रुपमा काममा उपस्थित हुनुपर्छ ।’ मन्त्रालयद्धारा जारी सूचनामा दीर्घ रोगी, गर्भवती एवं सुत्केरी महिलाहरुले समेत बिदा नपाइने उल्लेख छ ।


विश्व स्वास्थ्य संगठनले दीर्घरोगी, गर्भवती एवं सुत्केरी महिलालाई कोरोनाको जोखिम हुने सक्ने बताउँदै आएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?